शनिबार १२ श्रावण २०८१
बिजनेस

कतारले नेपाली नागरिकलाई प्रवेशमा राेक लगाएपछी नेपालले पनी कतारका लागी श्रम स्वीकृति नदिने

मंगलबार फाल्गुण २७, २०७६/ Tuesday 03-10-20

काठमाडौं । सरकारले कतारको लागि श्रम स्वीकृति बन्द गरेको छ । कतारले नै नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएपछि सरकारले पनि श्रम स्वीकृति दिन बन्द गरेको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार कतारको निर्णय अनुरुप कामदारलाई श्रम स्वीकृति दिन बन्द गरिएको हो ।

फागुन १६ देखि फागुन २६ गतेसम्म विभागबाट कतार जानका लागि ३ हजार ६ सय ५ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । त्यसअनुसार करिब ३ हजार नेपाली कामदार अन्तिम श्रम स्वीकृतिपछि पनि कतार जान रोकिएको अनुमान छ । गत ५८ दिनमा विभागले १ लाख १७ हजार ६३३ जनालाई विदशे जान अनुमति दिएको थियो ।

तपाईको प्रतिक्रिया