शनिबार १२ श्रावण २०८१
बिजनेस

कोरोना राहत कोषमा हालसम्म २ अर्ब २६ करोड रुपैयाँ जम्मा

आइतबार जेठ ४, २०७७/ Sunday 05-17-20

 

काठमाण्डाै। प्रधानमन्त्री कार्यालयअन्तर्गतको कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि गठित राहत कोषमा हालसम्म २ अर्ब २६ करोड रुपैयाँ जम्मा भएको छ। 

यसैक्रममा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रमार्फत प्राप्त १ करोड ११ लाख, ११ हजार १ सय ११ रुपैयाँ कोरोना कोषलाई हस्तान्तरण गरेका छन् । 

मन्त्री पुनले प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीलाई ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

 त्यस क्रममा मन्त्री पुनले कोषमा जम्मा भएको रकम महामारी रोकथाम तथा नियन्त्रणका लागि आवश्यक परेका पालिकाहरुमा पठाउने कार्य सुरु गर्न सुझाव दिए । 

  सचिव बिडारीले माग भई आएको अवस्थामा कोषबाट पालिकाहरुमा रकम पठाउन सकिने बताए ।

 हालसम्म केही पालिकाले मौखिक रुपमा रकम माग गरेको भन्दै उनले तालुकदार संघीय मामिता तथा स्थानीय विकास मन्त्रालयमार्फत प्रक्रियागत रुपमा पालिकाहरुले कोषको रकम माग गर्न सक्ने स्पष्ट पारे । 

 

तपाईको प्रतिक्रिया