शनिबार १२ श्रावण २०८१
प्रविधी

जुम भिडियाे एप्लिकेशनका प्रयाेगकर्ता ३ महिनामा २० कराेड पुगे

सिईओ एरिककाे सम्पती २०२० मा ७.८ बिलियन अमेरिकी डलर पुग्याे
बिहीबार जेठ २२, २०७७/ Thursday 06-04-20

अहिले विश्वभर काेराेनाकाे महामारी छ । विश्वकाे अर्थतन्त्र दिन प्रतिदिन ओरालाे लाग्दै गईरहेकाे छ भने चलेका थुप्रै व्यवसायहरु धमाधम बन्द हुने अवस्थामा छन् । तर,काेराेना भाईरसकै कारण  चाईनिज मुलका अमेरिकी नागरिक एरिक युयानलाई भने  मालामाल भएकाे छ।  आफ्नै पुर्ख्याैली देश चीनबाट सुरु भएकाे काेराेना भाईरस उनका लागी अरबौ कुम्ल्याउने माध्यम बन्न पुग्याे ।

काेराेना भाईरसकाे उच्च जाेखिमका कारण घरमै सुरक्षित बस्नु पर्ने भएकाले धेरैले आफ्नाे अफिसकाे कामकाज, पठनपाठन, कुराकानीका लागी जुम एप्लिकेशन छाेटाे समयमा धेरैकाे पहिलाे राेजाई बन्न पुग्याे । जुम भिडियाे एप्लिकेशनका प्रयाेगकर्ता पछिल्लाे दुई महिनामा मात्र  २० करोड पुगेका छन् । यस अघी मार्च महिना सम्म जुम भिडियाे प्रयाेगकर्ताकाे संख्या जम्मा एक करोड मात्र थियाे भने विश्वका कतीपय देशमा जुम एप्लिकेशन बारे सामान्य जानकारी पनि थिएन ।

जुम एप्लिकेशनका सिईओ एरिक युयान

जुम एप्लिकेशनकाे चर्चा रातारात बढेसंगै यसकाे फाउन्डर सिईओ एरिककाे सम्पती पनि २०२० मा ७.८ बिलियन अमेरिकी डलर पुगेकाे छ । यस अघी धन्याड्यकाे सुचीमा समेत नरहेका एरिक अहिले विश्वका धनीहरुकाे सुचीमा २०० नम्बरमा आफ्नाे नाम दर्ज गराउन सफल भएका छन् । 

तपाईको प्रतिक्रिया