मलेशिया र जापानमा कामदार लैजाने बिषयमा चाडै टुङ्गाे लाग्छ : मन्त्री विष्ट

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेशिया र जापानतर्फ जाने नेपाली कामदारलाई छिटोभन्दा छिटो त्यसतर्फ पठाउन सरकार क्रियाशील भइरहेको बताएका छन् ।
राष्ट्रियसभाको आइतबारको बैठकमा विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका बारेमा उठेका प्रश्न तथा गुनासाबारे जवाफ दिँदै मन्त्री विष्टले मलेसिया रोजगारी अबको केही दिनमै टुंगो लाग्ने बताएका हुन्। उनले भने, ‘मलेसियाको श्रम समझदारीलाई कार्यान्वयनका लागि आवश्यक प्रकृया अगाडि बढिसकेको छ ।’
९९ नयाँ स्वास्थ्य संस्था छनोट गरिसकेको र चित्त नबुझ्नेलाई उजुरीका लागि ३ दिनको अवधि खुल्ला गरिएको मन्त्री विष्टले बताए । मलेसिया रोजगारीको टुंगो लाग्न अब लामो समय नलाग्ने मन्त्री विष्टले स्पष्ट पारेका छन । मलेसिया रोजगारीमा जाने कामदारको सूरक्षाको प्रत्याभूत गरी कामदार पठाइने मन्त्री विष्टको भनाइ रहेको छ ।
मन्त्री बिष्टले अघिल्लो जेष्ठ २ गतेबाट एकतर्फी रुपमा मलेसिया रोजगारी बन्द गराएका थिए मलेसिया रोजगारी बन्द हुदा मन्त्री बिष्टको आलोचना हुँदै आएको छ । उनले वैदेशिक रोजगारको परनिर्भरता कम नहुञ्जेलसम्म गुणस्तरीय तथा सुविधा सम्पन्न देशको खोजी गर्न सरकार लागिपरेको बताए ।
तपाईको प्रतिक्रिया