शनिबार १२ श्रावण २०८१
प्रवास

बाजुराका रत्न दमाईकाे उपचारका लागि सुदुरपश्चिम नेपाली समाज मेरिल्याण्डकाे आर्थिक सहयाेग

आइतबार श्रावण ११, २०७७/ Sunday 07-26-20

काठमाडौं । आर्थिक अवस्था कमजाेर भएका कारण समयमै उपचार पाउन नसकेका बाजुरा हिमाली गाँउपालिका-६ का रत्न दमाईलाई अमेरिकाबाट सुदुर पश्चिम नेपाली समाज मेरिल्याण्डले आर्थिक सहयाेग गरेकाे छ। समाजले बिरामी दमाईकाे उपचारका लागी  ८५ हजार ९ सय २० रुपैयाँ सहयाेग गरेकाे हाे ।

अमेरिकाकाे मेरिल्याण्ड राज्यमा बसाेवास गर्दै आएका सुदुर पश्चिम घर भएका नेपालीहरुले उक्त रकम जम्मा गरेर नेपाल पठाएका हुन्। रकम संकलनका लागी पहल गरेका अमेरिकामा बस्दै आएका जनक थापाले नेपाली कांग्रेसका केन्द्रिय सदस्य बद्री पाण्डेकाे उपस्थितीमा संङ्कलित रकम आईतबार दमाईका परिवारलाई हस्तान्तरण गरेका छन् । 

 

तपाईको प्रतिक्रिया