शनिबार १२ श्रावण २०८१
बिजनेस

दर्जनौ पूर्वाधार विकासका आयोजना अलपत्र पारेर कालोसूचीमा परेका भट्ट लगानी बोर्डको सिइओ नियुक्त

मंगलबार श्रावण २०, २०७७/ Tuesday 08-04-20

भरतपुर। विभिन्न निर्माण योजनालाई अलपत्र पारेर कालोसूचीमा परेका विवादित छविका सुशील भट्टलाई सरकारले लगानी बोर्डको सिइओ नियुक्त गरेको छ । 

बर्दघाट विद्युत् प्रसारण लाइन, मस्र्याङ्दी करिडोर प्रसारण लाइन,तामाकोसी–काठमाडौं प्रसारण लाइन, बाह्रबिसेमा निर्माणाधीन सबस्टेसन, मातातीर्थमा बन्दै गरेको सबस्टेसन, हेटौँडा–भरतपुर प्रसारण लाइन लगाएत दर्जनौ पूर्वाधार विकासका आयोजना अलपत्र पारेर कालोसूचीमा भट्टलाई सरकारले सीईओ नियुक्त गरेको हो । 

उनी विदेशी कम्पनीका एजेन्ट हुन् । बर्दघाट २२० केभी डबल सर्किट विद्युत् प्रसारण निर्माणको ठेक्का पाएको सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी)ले काम अलपत्र पारेपछि नेपाल विद्युत् प्राधिकरणले ठेक्का तोडी करिब ३० करोड रुपैयाँ कार्यसम्पादन जमानत जफत गरेको थियो । सिसिपिजीलाई कालोसूचीमा राखिएको छ । जसको स्थानीय ठेकेदार सुशील र दीपक भट्ट हुन् । 

२४ चैतमा तत्कालीन सिइओ महाप्रसाद अधिकारीलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्ति गरेपछि बोर्डको सिइओ पद रिक्त थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ५ जेठमा सो पदका लागि दरखास्त आह्वान गरेको थियो ।  बोर्डका उपाध्यक्ष अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठन भएको समितीले आवेदन दिएका मध्यबाट  भट्टसहित लगानीविज्ञ डा. कोइराला र विद्युत् नियमन आयोगका पूर्वसदस्य रामकृष्ण खतिवडाको नाम सिफारिस गरेको थियो । 

 

 

तपाईको प्रतिक्रिया