बुधबार २ माघ २०८१
बिजनेस

नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी

आइतबार भदौ ९, २०८१/ Sunday 08-25-24

काठमाडौं। 'नमस्ते पे' ले नबिल बैंकमार्फत नमस्ते पे वालेटमा ब्यालेन्स लोड गर्दा ‘स्मार्टवाच र एयरपड’ जित्ने नयाँ अफर ल्याएको छ । भदौ ७ देखि शुरू गरिएको यो अफर भदौ २१ सम्म कायम रहने बताइएको छ ।

प्रयोगकर्ताले नमस्ते पे वालेटमा नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ब्यालेन्स लोड गर्न सक्नेछन् । साथै लक्की ड्रमार्फत एक प्रयोगकर्ताले स्मार्टवाच र दुई प्रयोगकर्ताले एयरपड जित्न सक्ने बताइएको छ ।

यो अफरमा सहभागी हुनका लागि प्रयोगकर्ताले नबिल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर नमस्ते पे वालेटमा ब्यालेन्स लोड गरी अफर अवधिभर बैंक ट्रान्सफर र वालेट टु वालेट ट्रान्सफर बाहेक कुनै पनि सेवाको कम्तीमा एक पटक भुक्तानी गरेको हुनुपर्नेछ ।

तपाईको प्रतिक्रिया