मंगलबार ६ कार्तिक २०८१
प्रविधी

दशैं–तिहारभर वालेटबाट ३० पटकसम्म कारोबार गर्न सकिने

मंगलबार असोज २२, २०८१/ Tuesday 10-08-24

काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेटमा एक दिनमा बढीमा ३० पटकसम्म रकम भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले दसैँतिहारलक्षित यो योजना ल्याएको हो ।

यसअघि, दैनिक १० पटकसम्म मात्र रकम भुक्तानी हुने व्यवस्था थियो । यही असोज २१ देखि आउँदो कात्तिक १ गतेसम्म ३० पटकसम्म भुक्तानी हुने व्यवस्था गरिएको हो ।

यस्तै, तिहारलाई लक्षित गरी कात्तिक १५ देखि २२ गतेसम्म व्यक्तिको वालेटमा एक दिनमा ३० पटकसम्म रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । त्यसपछि भने साविककै व्यवस्था दैनिक १० पटक भुक्तानीको नियम लागु हुनेछ ।

तपाईको प्रतिक्रिया