शुक्रबार २ कार्तिक २०८१
बिजनेस

राष्ट्रपति पौडेलद्वारा बाजुराको नाटेश्वरी मन्दिरको उद्घाटन

बिहीबार कार्तिक १, २०८१/ Thursday 10-17-24

बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले आज बाजुराको नाटेश्वरी मन्दिरको उद्घाटन गर्नुभएको छ । 

त्रिवेणी नगरपालिका-७ मा बनेको नाटेश्वरी मन्दिरको उद्घाटनअघि राष्ट्रपति पौडेलले सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकाको दर्शन तथा पूजाआजासमेत गर्नुभएको छ ।

राष्ट्रपति पौडेलसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र प्रधानसेनापति अशोकराज सिग्देलसमेत सो कार्यक्रममा सहभागी हुनु भएको हो ।

२०७८ सालमा निर्माण थालिएको नाटेश्वरी मन्दिर १४ करोड रुपैयाँको लागतमा बन्ने भनेर डीपीआर भएको थियो । मन्दिर जलुकेनी निर्माण सेवा प्रालिले बनाएको हो । मन्दिर क्षेत्रमा करिब ६ करोड लागतमा फनपार्क समेत निर्माण गरिएको छ । 

मन्दिर परिसरमा धर्मशाला पनि बनाइएको छ । सडकलगायत भौतिक संरचना निर्माण गरेपछि यस क्षेत्रमा आन्तरिक तथा बाहृया पर्यटक बढ्दै गएका छन् ।

तपाईको प्रतिक्रिया