बिहीबार ८ कार्तिक २०८१
बिजनेस

शुक्लाफाँटामा जङ्गल सफारी खुला

बुधबार कार्तिक ७, २०८१/ Wednesday 10-23-24

दोधारा चाँदनी ।  महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल सफारी खुला गरेको हो । 

 

गत असारमा आएको बाढीका कारण पर्यटक पथमा क्षति पुगेका कारण यस वर्ष ढिलो गरी पर्यटकका लागि निकुञ्ज खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए। 

‘अन्य वर्षको भन्दा यस पटक ढिलो गरी हामीले जङ्गल सफारी खुला गरेका छौँ’, उनले भने, ‘निकुञ्जभित्र पर्यटक पथमा रहेका सबै पुल र बाटोमा बाढीले क्षति गरेको र मर्मतका लागि समय लागेका कारण ढिलो गरी पर्यटकका लागि निकुञ्ज खुला गरिएको हो ।’ 

उनले बाढीले सडक र काठेपुलहरु बाढी क्षति गरेको बताए। 

तपाईको प्रतिक्रिया