आइतबार १ असार २०८२
खेलकुद

यू-१९ महिला विश्वकप क्रिकेट छनोट: थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

बुधबार कार्तिक २१, २०८१/ Wednesday 11-06-24

काठमाडौं । आइसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटअन्तर्गत अहिले नेपालले थाइल्याण्डबिरुद्ध ब्याटिङ गरिरहेको छ । थाइल्याण्डले टस जितेर फिल्डिङ राजेपछि नेपालले ब्याटिङ गर्न पुगेको हो ।  

आजदेखि सुरु छनोटको खेलमा नेपालले आजै थाइल्याण्डको सामना गर्दैछ । युनाइटेड अरब इमिरेट्स (युएई) मा आजदेखि सुरु भएको उक्त प्रतियोगिता यही कात्तिक २८ गतेसम्म चल्ने छ। प्रतियोगितामा नेपालसहित युएई, कुवेत र थाइल्याण्ड सहभागी छन् । 

एसिया छनोट खेलिरहेको नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), ज्योत्सिन्का मरासिनी, कृश्मा गुरुङ, सावित्री धामी, साना प्रवीण, कुसुम गोदार, सीमा केसी, एलिसाकुमारी यादव, मनिषाकुमारी उपाध्याय, रिया शर्मा, स्नेहा महरा, रचनाकुमारी चौधरी र तृष्णा विश्वकर्मा रहेका छन् ।

तपाईको प्रतिक्रिया