बिश्वो
भारतका अर्बपति गौतम अडानीविरुद्ध अमेरिकामा मुद्दा दायर
बिहीबार मङ्सिर ६, २०८१/ Thursday 11-21-24
काठमाडौं । भारतीय अर्बपति तथा अडानी समूहका अध्यक्ष गौतम अडानीमाथि अमेरिकामा ठगीको अभियाेग लगाइएको छ । उनीमाथि अमेरिकामा रहेको आफ्नो एउटा कम्पनीलाई ठेक्का दिलाउन २५ करोड डलर घुस दिएको र उक्त विषय लुकाएको आरोप लगाइएको छ ।
बुधबार न्युयोर्कमा दायर गरिएको आपराधिक मुद्दा भारतका सबैभन्दा धनी व्यक्तिमध्ये एक ६२ वर्षीय गौतम अडानीका निम्ति ठूलो धक्का हो । अडानीको व्यापारिक साम्राज्य बन्दरगाह र विमानस्थलदेखि ऊर्जा क्षेत्रसम्म फैलिएको छ ।
अडानी र उनका भतिजा सागर अडानी सहित सात जना विरुद्ध सौर्य ऊर्जा प्लान्ट परियोजनाको ठेक्का हात पार्न २५ करोड अमेरिकी डलर घुस दिएको र यो कुरा लुकाउन खोजेको आरोपमा मुद्दा दायर भएको छ ।
यो परियोजनाका लागि अडानी र उनको कम्पनी ग्रीन इनर्जीका पूर्व सीईओले अमेरिकी लगानीकर्ताबाट तीन अर्ब डलर उठाएको आरोप समेत लगाइएको छ ।
तपाईको प्रतिक्रिया