राजनीति
प्रधानमन्त्री चीनबाट फर्किएलगत्तै भारत जानुहुन्छ : गृहमन्त्री लेखक
बिहीबार मङ्सिर ६, २०८१/ Thursday 11-21-24
काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएलगत्तै भारत भ्रमणमा जाने बताएका छन् ।
आज प्रेस युनियन धनगढीमा आयोजित पत्रकार भेटघाटमा मन्त्री लेखकले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भैसकेको छ, चीन भ्रमण लगत्तै भारत भ्रमण गर्नुहुन्छ ।’ उनले कांग्रेस–एमालेको सत्ता सहकार्यमा कुनै समस्या नरहेको पनि स्पष्ट पारे । उनले दुई दलबीचको सहकार्य ०८४ सालसम्म नै जाने दाबी गरे ।
नयाँ प्रधानमन्त्री नियुक्तलगत्तै विदेश भ्रमणमा जानु परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देशको भ्रमणमा अगाडि जाने भन्ने विषय सामान्य रहेको उल्लेख गरे ।
तपाईको प्रतिक्रिया