काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजविरुद्ध उपेन्द्र यादवले दायर गरेको रिट आज पनि हेर्न नमिल्नेमा परेको छ । आज (बिहीबार) उक्त रिटको सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशत्रय हरिप्रसाद फुयाल, टेकप्रसाद ढुंगाना र सुनिलकुमार पोखरेलको पूर्ण इजलासमा पेसी तोकिएको थियो ।
जसपा नेपालका अध्यक्ष यादवले दायर गरेको उक्त रिट गत भदौ १३ गते सर्वोच्चको संयुक्त इजलासले पूर्ण इजलासमा पठाएको थियो । सो रिटका सम्बन्धमा पूर्ण इजलासमा दुई पटक पेशी तोकिएको भएपनि दुई पटक ‘हेर्न नमिल्ने’ मा परेको हो ।
अशोक राई समूहले जसपा नेपाल विभाजन गरी जसपा गठन गरेका थिए । अशोक राईसहितको समूहरुले पार्टी फुटाउन नमिल्ने र जसपा नै अवैधानिक रहेको दाबी गर्दै उपेन्द्रले रिट दायर गरेका थिए ।
तपाईको प्रतिक्रिया