राजनीति
अहिले ऋण लिने र ऋण थुपार्ने मनस्थिति छैन् : प्रधानमन्त्री ओली
शुक्रबार मङ्सिर ७, २०८१/ Friday 11-22-24
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अहिले कसैको पनि ऋण लिने अवस्थामा नरहेको बताएका छन् । शुक्रबार दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू यही मंसिर १७ गते छिमेकी देश चीनको भ्रमणमा जान लागेको बताए ।
आफ्नो चीन भ्रमण उपलब्धि हुने भन्दै उनले भने, ‘देशको हित र भलाइको लागि कुनै पनि देशको भ्रमण गरिन्छ । त्यसरी नै हामीले हाम्रा भ्रमणहरूलाई सफल बनाउने ढंगले प्रस्तुत गरेको छ ।’
उनले चिनियाँ परियोजना बीआरआईलाई संकेत गर्दै अहिले देशको अवस्था कसैसँग ऋण लिने अवस्था नरहेको पनि बताए ।
तपाईको प्रतिक्रिया