बिजनेस
राजविराज विमानस्थलबाट पुस १ देखि रात्रिकालीन उडान हुने
आइतबार मङ्सिर ३०, २०८१/ Sunday 12-15-24
काठमाडौं । कम भिजिबिलिटी भएको अवस्थामा पनि उडान गर्न मिल्ने प्रविधि जडान गरिएपछि राजविराज विमानस्थलमा रात्रिकालीन उडान हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले राजविराज विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट ल्यान्डिङ प्रणाली जडान गरेपछि रात्रिकालीन उडान हुने भएको हो ।
प्राधिकरणका अनुसार, पुस १ देखि विमानस्थलमा रात्रिकालीन उडान हुनेछ । बुद्ध एयरले शुक्रबार प्राधिकरण र विमानका प्राविधिकहरूसहितको उडान गरेको थियो ।
उक्त उडान सफल भएपछि राजविराज विमानस्थलमा दुई हजार भिजिबिलिटीमा पनि उडान र अवतरण गर्न सकिनेछ ।
तपाईको प्रतिक्रिया