बिहीबार १ फाल्गुण २०८१
समाज

सहकारी पीडितका वकिलमाथि रास्वपा कार्यकर्ताको आक्रमण प्रयास

बुधबार माघ २, २०८१/ Wednesday 01-15-25

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता तथा रवि लामिछानेका समर्थकहरुले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण प्रयास गरेका छन् । काठमाडौँ जिल्ला अदालत परिसरमा त्रिपाठीमाथि रास्वपा कार्यकर्ताहरूले आक्रमण प्रयास गरेका हुन् ।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेको थुनछेक आदेश आउनुअघि त्रिपाठीमाथि हातपात भएको हो।

त्रिपाठीमाथि हातपात आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका व्यक्तिको नाम प्रहरीले खुलाएको छैन।

काठमाडौं अदालत परिसरमा रास्वपा समर्थकहरू पनि भेला भएका छन्।

 

तपाईको प्रतिक्रिया