नेपाली श्रमिकलाई ओमानको सलालाबाट श्रम स्वीकृति दिन शुरू
काठमाण्डौ । सरकारले विदेशबाट पनि श्रम स्वीकृति दिन थालेको छ । मस्कटमा रहेको नेपाली राजदूतावासले ओमानको सलालाबाट यस्तो सेवा दिन थालेको हो ।
सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद,श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा पासपोर्ट–कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा श्रम स्वीकृति पनि प्रदान गरिएको दूतावासले जनाएको छ ।
विभिन्न माध्यमबाट ओमान पुगेका तर श्रम स्वीकृति नभएका नेपालीलाई राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले संयुक्त रुपमा श्रम स्वीकृति प्रदान गर्नुभएको हो ।
राजदूत अर्यालले नेपाली श्रमिकको संरक्षणको लागि हरेक किसिमको सहयोग गर्न आफूहरु तत्पर रहेको बताउनुभएको छ । त्यस्तै विभागका महानिर्देशक खत्रीले श्रम स्वीकृति विना विदेश आउँदा हुने समस्याबारे सचेत गराउनुभएको थियो ।
तपाईको प्रतिक्रिया