छायांकनका लागि कलाकारहरूको पहिलो रोजाइ बन्दै टुसाल मल्टिभेन्यु

नेपाली संगीत बजारमा हालसालै तहल्का मच्चाईरहेको गीत हो दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्यै’। गीतको उत्कृष्टता मात्र नभई, यसको भिडियोलाई पनि दर्शकहरूले मन पराएका छन्। आकर्षक लोकेसन, भव्य दृश्य, र गुणस्तरीय छायांकनका कारण यो गीत थप चर्चित बन्न सफल भएको छ। यस गीतको सम्पूर्ण छायांकन तारकेश्वर नगरपालिका–८, मनमैजुमा अवस्थित ‘टुसाल मल्टिभेन्यु’ मा गरिएको थियो।
यो स्थल पछिल्लो समय चलचित्र, म्युजिक भिडियो, तथा फोटोग्राफीका लागि कलाकार र निर्देशकहरूको पहिलो रोजाइ बन्दै गएको छ। काठमाडौंको कोलाहलबाट केही पर, बालाजु बाइपासबाट झन्डै दुई किलोमिटरको दूरीमा अवस्थित टुसाल मल्टिभेन्यु चौध रोपनी क्षेत्रफलमा फैलिएको छ। यसको निर्माण ‘नियो क्लासिकल’ शैलीमा गरिएको छ, जसले राणाकालीन दरबारहरूको झल्को दिन्छ। यहाँको शान्त वातावरण, फराकिलो ठाउँ, र आधुनिक सुविधाहरू भएका कारण यो स्थल पारिवारिक जमघट तथा मनोरञ्जनका लागि पनि उत्तिकै उपयुक्त मानिन्छ।
दुर्गेश थापाको गीत मात्र नभई, अनमोल केसी अभिनीत चलचित्र ‘फर्कि फर्कि’ को टाईटल गीतको छायांकन पनि यहीँ गरिएको थियो, जसमा टुसालको पार्टी प्यालेसको आधुनिक, आकर्षक, र भव्य दरबार शैलीको भवन देख्न सकिन्छ। त्यस्तै, पल शाहको नयाँ गीत, रचना रिमालको ‘हालीमहाली’, तथा सरोज खनाल अभिनीत म्यूजिकभिडियोका केही अंशहरू पनि यहीँ छायांकन भएको मल्टिभेन्युका म्यानेजर विमोन्ड ओझाले बताए। मोडल तथा डान्सर बद्री विष्टको नयाँ गीतको छायांकन पनि हालसालै टुसाल मल्टिभेन्यु मा सम्पन्न भएको उनले भने।
टुसाल मल्टिभेन्युमा फरक-फरक लोकेसन, दरबार शैलीको भव्य भवन, स्विमिङ पुल, पार्टी प्यालेस, र फराकिलो खुला ठाउँ भएकाले छायांकनका लागि उत्तम स्थान भएको निर्देशक र कलाकारहरू बताउँछन्। यही कारण पछिल्लो समय दर्जनौं म्युजिक भिडियो, चलचित्र, र विज्ञापनहरू यहीँ छायांकन भइरहेका छन्।
टुसाल मल्टिभेन्युका प्रबन्ध निर्देशक लक्ष्मण केसीले शनिबार तथा विशेष कार्यक्रम भएका दिन बाहेक अन्य समयमा छायांकनका लागि स्थान उपलब्ध गराइरहेको बताए। “दैनिक रूपमा दर्जनौं निर्देशक, फोटोग्राफर, तथा कलाकारहरूले यहाँ छायांकन गर्न सोधपुछ गरिरहेका हुन्छन्। पूर्व जानकारी गराएर समय मिलाएर हामी छायांकनका लागि व्यवस्था गर्दै आइरहेका छौं,” केसी भन्छन्।
टुसाल मल्टिभेन्युमा छायांकन मात्र होइन, अन्य धेरै सुविधाहरू उपलब्ध छन्— टुसाल हेल्थ क्लबमा जिम, कार्डियो, साउना, स्टिम, ज्याकुजी (तातो पानीको बाथटब), र स्पा उपलब्ध छन्। त्यस्तै वयस्क र बालबालिकाका लागि छुट्टाछुट्टै स्विमिङ पुलको व्यवस्था पनि छ। पारिवारिक जमघट र पार्टीका लागि आधुनिक रेस्टुरेन्ट तथा बार छन्, त्यस्तै विवाह, भोजभतेर, र कर्पोरेट इभेन्टहरूका लागि सुविधासम्पन्न पार्टी प्यालेस छ। साथै, फराकिलो पार्किङ सुविधा टुसाल मल्टिभेन्युको अर्को विशेषता हो।
तपाईको प्रतिक्रिया