बुधबार १० बैशाख २०८२
समाज

सेन्टर प्लाजाको आगलागीमा फसेकाको उद्धारका लागि हेलिकोप्टर पठाइयो

अहिलेसम्म ११ जनाको उद्धार
बुधबार चैत १३, २०८१/ Wednesday 03-26-25

काठमाडौं । सुनसरीको इटहरी उपमहानरपालिका ६ स्थित सेन्टर  प्लाजामा भएको आगलागीमा फसेका ११ जनाको सकुशल उद्धार गरिएको छ ।

गृहमन्त्री रमेश लेखकको सचिवालयका अनुसार अहिलेसम्म ११ जनाको उद्धार भएको हो। नेपाली सेनाको हेलिकप्टर पनि घटनास्थलमा पुगिसकेको छ।

आगो नियन्त्रणका लागि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीयसमेत खटिएका छन् । सशस्त्र प्रहरीको नं.१ बराह बाहिनीबाट एसएसपी मनिष थापाको कमाण्डमा १०५ जना, नेपाली सेना र प्रहरीका साथै ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

बुधबार बिहान साढे ९ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।

इटहरी चोकबाट पूर्व काँकडभिट्टा रोडको उत्तरतर्फ रहेको सेन्ट्रल प्लाजाको पाँचौ तलाबाट आगलागी सुरू भएको थियो। अहिले पाँचौं‌, छैटौं र सातौं तलमा आगो लागिरहेको सुनसरी प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया