
सुनसरी। नववर्षको आगमनसँगै सुनसरी जिल्लामा परम्परागत ‘सिरुवा’ मेला सुरु भएको छ। जिल्लाका विभिन्न स्थानमा एक महिनासम्म सञ्चालन हुने यस पौराणिक मेलाको सुरुवात इनरुवा–६ स्थित मधेशबाट भएको हो।
इनरुवाका पूर्वप्रमुख तथा ८५ वर्षीय स्थानीय अग्रज गोपाल कोइरालाका अनुसार, वि.सं. २००७ सालको क्रान्ति र झोडा फँडानीपछि सुरु भएको यो मेला वर्षेनी लगाउँदै आइएको हो। मेलाको समापन मोरङ जिल्लामा हुने परम्परा रहेको छ।
मेलाको यात्रा इनरुवा सदरमुकाम, इनरुवा–७ चान्दबेला, इनरुवा–८ गणेशपुर, इनरुवा–१ भगवती मन्दिर, रामधुनी नगरपालिका अन्तर्गतको पाञ्चायन थान, कोसी–२ को पश्चिम कुशाहा स्थित सलहेस थान हुँदै मोरङसम्म पुगेर सकिनेछ।
हरेक दिन बिहान ८ बजेदेखि सुरु हुने मेला साँझमा समापन हुने गर्दछ। अर्को दिन यो मेला अर्को स्थानमा सरेर निरन्तरता पाइरहन्छ।
तपाईको प्रतिक्रिया