आइतबार ११ जेठ २०८२
अर्थ

सेयर बजार घट्यो, आठ अर्ब ३२ करोडको सेयर कारोबार

मंगलबार बैशाख ९, २०८२/ Tuesday 04-22-25

काठमाडौं । धितोपत्र दोस्रो बजार तीन तीनयता ओरालो लागेको छ । 

मंगलबार (वैशाख ९) नेप्से परिसूचक ९.९६ अंकले घटको छ । सोमबार नेप्से १६.६८ र आइतबार ७.७५ अंकले घटेको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, मंगलबार आठ अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । सोमबार आठ अर्ब ७७ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ । १६० कम्पनीको सेयर मूल्य घटेको छ । मुक्तिनाथ विकास बैंकको सेयर मूल्य स्थिर छ ।

यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

कारोबारमा आएका  १३ मध्ये होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र ‘अन्य’ समूहको परिसूचक बढेको छ ।

तपाईको प्रतिक्रिया