आइतबार १ असार २०८२
बिजनेस

भैरहवा विमानस्थल सुनसान : ३६ अर्ब लगानी, शून्य प्रतिफल

बिहीबार जेठ १, २०८२/ Thursday 05-15-25

काठमाडौं। ३६ अर्ब खर्चेर निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) हाल पूर्ण रूपमा अन्तर्राष्ट्रिय उडानविहीन बनेको छ। एक समय पाँच अन्तर्राष्ट्रिय एयरलाइन्सले सेवा सुरु गरेको यो विमानस्थलमा अहिले कुनै पनि अन्तर्राष्ट्रिय उडान छैनन्।

सन् २०२४ नोभेम्बरदेखि २०२५ मार्चसम्म २९९ उडानमार्फत २३,३२५ यात्रुले यात्रा गरे पनि पछिल्लोपटक यात्रुको कमीसँगै सबै कम्पनीले उडान रोकेका छन्। नेपाल एयरलाइन्सले पनि मलेसिया–भैरहवा उडान बन्द गरिसकेको छ।

सरकारले २७ बुँदे छुटसहितको कार्ययोजना ल्याएको भए पनि यात्रु अभाव र आवश्यक सेवा केन्द्रहरूको अभावका कारण विमान कम्पनीहरू भैरहवा उड्न इच्छुक देखिएका छैनन्।

अन्तर्राष्ट्रिय उडानको अभावका बीच सरकारले गरेको ठूलो लगानी निष्प्रभावी बनेको छ। महालेखा परीक्षकको प्रतिवेदन अनुसार भैरहवा र पोखरा विमानस्थल निर्माणमा गरी ६१ अर्ब खर्च भइसकेको छ। पोखरा विमानस्थलमा १० अर्बको अनियमितता प्रमाणित भइसकेको छ भने भैरहवामा पनि भ्रष्टाचार छानबिनका प्रतिवेदन बिना तयार पारिँदैछ।

 

तपाईको प्रतिक्रिया