शनिबार १२ श्रावण २०८१
प्रवास

बाजुराका बाढी-पहिराे पिडितलाई अमेरिकाबाट आयाे ६ लाख भन्दा बढी राहत सहयाेग

सोमबार भदौ ८, २०७७/ Monday 08-24-20

काठमाडौं । बाजुरा जिल्लाका बाढी-पहिराेबाट पिडित परिवारका लागी अमेरिकाबाट राहत सहयाेग आएकाे छ । बाजुराकाे त्रिवेणी नगरपालिका घर भई हाल अमेरिकाकाे मेरिल्याण्ड राज्यमा बस्दै आएका पदम बहादुर शाही,जनक थापा लगायतकाे सक्रियतामा संकलित राहत सहयाेग नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंहलाई पठाईएकाे हाे ।

बाजुरा लगाएत सुदुर पश्चिम घर भई हाल अमेरिकाकाे बिभिन्न राज्यमा बस्दै आएका ५६ जनाकाे सहयाेगमा जम्मा ६ लाख ६३ हजार २ सय ८० रुपैयाँ राहत संकलन गरिएकाे थियाे । संकलित रकम जिल्ला विपद् व्यवस्थापन समितिकाे सहकार्यमा पिडितलाई हस्तान्तरण गरिने प्रकाश सिंहले बताए । उनले भने- पिडितकाे वास्तविक संख्या र कसलाई कति दिने भन्ने बारे छलफल हुदैछ मंगलबार प्रमुख जिल्ला अधिकारीसंग बसेर टुङ्गाे लगाईन्छ । 

राहत संकलनमा मुख्य भूमिका निर्वाह गरेका पदम बहादुर शाहीले भने- बाजुरा यसपटक बाढी पहिराेबाट निक्कैनै प्रभावित बन्याे, त्यसमा हाम्राे पनि सानाे सहयाेग हाेस् भन्ने उद्देश्यले हामीहरुले अमेरिकामा सबैलाई अपिल गर्याै । छाेटाे समयमा ६ लाख भन्दा बढी रकम संकलन गर्न सफल भयौ । वास्तविक पिडितले राहत पाउन् आगामी दिनमा पनि हाम्राे सहयाेग निरन्तर जारी रहनेछ । मनकारी सहयाेगी सबैलाई धन्यवाद उनले भने ।

काेराेना महामारी र बाढी पहिराेबाट प्रभावित बनेका सुदुर पश्चिमेलीहरुका लागी  सुदुर पश्चिम नेपाली समाज मेरिल्याण्डले हाल सम्ममा १३ लाख भन्दा बढी आर्थिक सहयाेग गरिसकेकाे छ । 

राहत सहयाेग गर्नेकाे नामावली

 

तपाईको प्रतिक्रिया