
काठमाडौं । बेलायत रोजगारीका लागि ३८ जनासँग ११ करोड रुपैयाँभन्दा बढी ठगी गर्ने अभियोगमा मोरङका लक्ष्मण पराजुली र धनुषाका अरुणराज शर्मा पक्राउ परेका छन्।
उनीहरूलाई कोटेश्वरको नरेफाँटबाट जेठ २५ गते पक्राउ गरिएको र हाल वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।
तपाईको प्रतिक्रिया