सोमबार २ असार २०८२
बिजनेस

शारीरिक फिटनेसको नयाँ फेसन — एक्वा जुम्बा: टुसाल मल्टिभेन्यु पहिलो रोजाइ

शनिबार जेठ ३१, २०८२/ Saturday 06-14-25

सहरको व्यस्त जीवनशैली, कामको चाप र मानसिक तनावबाट मुक्त हुन आजकाल धेरैजसो मानिसहरू व्यायामका नयाँ–नयाँ विधिको खोजीमा छन्। शारीरिक फिटनेसको नयाँ फेसनका रूपमा पछिल्ला दिनहरूमा पानीमा नाचेर गरिने व्यायाम "एक्वा जुम्बा" ले धेरैको ध्यान तानिरहेको छ।

एक्वा जुम्बा शारीरिक तन्दुरुस्तीका साथै मानसिक सन्तुलन कायम गर्न अत्यन्त प्रभावकारी माध्यम हो। यसमा व्यायाम र नृत्यलाई पानीभित्र संयोजन गरिन्छ, जसले गर्दा पानीको प्रतिरोधका कारण मांसपेशी बलियो बन्छन्, शरीर लचिलो र फुर्तिलो हुन्छ, तनाव घट्छ, र सम्पूर्ण फिटनेसमा सुधार आउँछ। विशेष गरी घुँडा वा जोर्नीसम्बन्धी समस्या भएका व्यक्तिहरूका लागि यो विधि अझ उपयोगी मानिन्छ।

किन टुसाल मल्टिभेन्यु नै?

काठमाडौं उपत्यकामा स्विमिङ पूल भएका स्थानहरू धेरै भए पनि, एक्वा जुम्बा अभ्यास गर्न आवश्यक सबै सेवा–सुविधासहितको उपयुक्त स्थान खोज्न गाह्रो पर्छ। यही अभावलाई टार्दै तारकेश्वर नगरपालिका–८, मनमैजुमा अवस्थित टुसाल मल्टिभेन्यु एक्वा जुम्बाका लागि उत्कृष्ट गन्तव्यको रूपमा स्थापित भएको छ।

यहाँ फराकिलो स्विमिङ पूल, सफा वातावरण प्रयाप्त पार्किङ स्पेस र व्यायामअनुकूल पूर्वाधार उपलब्ध छन्। यही कारणले गर्दा थ्री लायन्स क्लब लगायत काठमाडौंका विभिन्न जुम्बा समूहले आफ्ना सदस्यहरूलाई यहीँ ल्याएर एक्वा जुम्बा गराउँदै आएका छन्।

थ्री लायन्स क्लबका नियमित सहभागी बद्री अर्याल भन्छन्:“हामी दैनिक जुम्बा गर्छौं, तर पानीमा व्यायाम गर्नुपर्ने बेलामा टुसाल नै रोज्छौं। यहाँको सुविधा, र व्यवस्थापन साँच्चिकै सन्तोषजनक छ।”

त्यस्तै अर्की सहभागी मैना आले भन्छिन्: “टुसालको एक्वा जुम्बा क्लास मेरो लागि थेरापी जस्तै हो। तन हलुका हुन्छ, मन फुरुङ्ग हुन्छ र दिनभरि उत्साह मिल्छ।”

टुसालको आगामी योजना

टुसाल मल्टिभेन्युका सञ्चालक पुष्करजंग थापाका अनुसार, एक्वा जुम्बाप्रति बढ्दो आकर्षणका कारण टुसाल मल्टिभेन्यू आफैंले नियमित र व्यावसायिक एक्वा फिटनेस कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ। सुरुमा हप्तामा एक दिन कार्यक्रम सञ्चालन गरेर, निकट भविष्यमा प्रशिक्षित प्रशिक्षक, विशेष संगीत संयोजन र आधुनिक तालिकासहित दैनिक एक्वा जुम्बा क्लास सञ्चालन गर्ने योजना बनाइएको छ।

टुसाल मल्टिभेन्युमा उपलब्ध सुविधाहरू:

  • वयस्क र बालबालिकाका लागि छुट्टाछुट्टै स्विमिङ पूल
  • जिम, कार्डियो, साउना, स्टिम, स्पा, र ज्याकुजी
  • आधुनिक रेस्टुरेन्ट, बार र पार्टी प्यालेस
  • कर्पोरेट तथा पारिवारिक इभेन्टका लागि विशेष हल
  • फराकिलो पार्किङ सुविधा

एक्वा जुम्बा शारीरिक व्यायाम र मानसिक विश्रामको सन्तुलित संयोजन हो। रमाइलो पनि हुने, फिटनेस पनि बढाउने र सजिलै अपनाउन सकिने यस व्यायामका लागि काठमाडौं उपत्यकामा टुसाल मल्टिभेन्युभन्दा राम्रो गन्तव्य कमै भेटिन्छ। यदि तपाईं आफ्नो व्यस्त जीवनशैलीबाट अलिक समय निकालेर स्वास्थ्य र सन्तुलन खोज्दै हुनुहुन्छ भने, टुसाल मल्टिभेन्युको एक्वा जुम्बा तपाईंका लागि उत्कृष्ट विकल्प हुन सक्छ।

तस्विरःजमिर श्रेष्ठ

 

तपाईको प्रतिक्रिया