काठमाडौँ । नेपाल प्रहरीले करिब १ हजार ६०० जनशक्ति भर्ना गर्ने भएको छ।
शुक्रबार सार्वजनिक सूचनाअनुसार, प्रहरी संगठनले कुल १,५९४ पदका लागि दरखास्त आह्वान गरेको छ। जसअन्तर्गत १,५५३ प्रहरी जवान, ११ हजाम, १५ कुचीकार र १५ खेलाडी रहनेछन्।
प्रहरी जवानका लागि न्यूनतम ८ कक्षा उत्तीर्ण गर्नुपर्नेछ भने कार्यालय सहयोगी (हजाम, कुचीकार, खेलाडी) का लागि सामान्य लेखपढ गर्न जान्ने भए पुग्नेछ।
योग्य नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म दरखास्त फाराम भर्न सक्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ।
तपाईको प्रतिक्रिया