शनिबार १२ श्रावण २०८१
बिजनेस

निषेधाज्ञा तोडेर भए पनि भदौ २५ देखि व्यवसाय खोल्ने नाडाको निर्णय

मंगलबार भदौ २३, २०७७/ Tuesday 09-08-20

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २५ गते देखि सम्पूर्ण व्यवसायीलाई नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।

नाडाको सोमबार बसेको पदाधिकारी बैठकले भदौ २४ गते सम्म निषेधाज्ञाको समय रहेकोले २५ गते देखि नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको हो।

नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले १ सय ८० दिन सम्म सरकारको आदेश मानेर बसेको अवस्थामा अव हुने लकडाउनको पालना नगर्ने गरी सबै व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको बताए।

यता उपत्यका का तिनै जिल्लाका सिडिओहरुले निषेधाज्ञा अझैं कडा बनाउने, दशैं सम्म निषेधाज्ञा कायम राख्ने र उपत्यका प्रवेश नाकामा सेना परिचालन गर्न पर्ने जस्ता विषयमा छलफल गरिरहेका छन्। 

तपाईको प्रतिक्रिया