बाजुरा। सरकारले बाजुरा र हुम्ला जिल्लाबीच देखिएको सीमासम्बन्धी प्राविधिक विषयको अध्ययन तथा समाधानका लागि समिति गठन गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकले नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।
समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय लगायतका निकायका प्रतिनिधिहरू सदस्यका रूपमा रहेका छन्। साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पनि एक–एक जना प्रतिनिधि समावेश गरिएको छ।
त्यसैगरी नापी विभागका एक निर्देशकलाई समितिको सदस्य–सचिवको जिम्मेवारी दिइएको छ।
सरकारले सीमासम्बन्धी प्राविधिक जटिलता समाधान गर्न र वास्तविक अवस्थाको अध्ययन गरी प्रतिवेदन पेश गर्न समितिलाई जिम्मेवारी दिएको जनाएको छ।
तपाईको प्रतिक्रिया