सोमबार ११ जेठ २०८३
राजनीति

गगनले देउवाको योगदानको सम्मान गरे मात्र कांग्रेस एक हुन्छ: रमेश लेखक

आइतबार जेठ १०, २०८३/ Sunday 05-24-26

काठमाडौं ।  रमेश लेखक ले नेपाली कांग्रेसभित्र एकता कायम गर्न सभापति गगन थापा ले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा को योगदानलाई सम्मान गरे मात्र पार्टी एक हुन सक्ने बताएका छन्।

धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा बोल्दै उनले पार्टीलाई बृहत्तर एकतामा लैजान नेतृत्वले अधिकतम लचकता अपनाउनुपर्नेमा जोड दिए। उनले विगतमा कांग्रेस विभाजन हुँदा गिरिजाप्रसाद कोइराला र देउवाले देखाएको लचकताको उदाहरण दिँदै अहिले पनि त्यही भावना आवश्यक रहेको उल्लेख गरे।

लेखकले कांग्रेसको इतिहास राष्ट्रियता र लोकतन्त्रसँग गहिरो रूपमा जोडिएको बताउँदै पार्टी कमजोर हुँदा देशको लोकतान्त्रिक व्यवस्था पनि कमजोर हुने गरेको दाबी गरे।

उनले आगामी १५औं महाधिवेशन निष्पक्ष र सहमतिपूर्ण ढंगले सम्पन्न गर्नुपर्ने भन्दै सबै पक्षलाई समेटेर अघि बढ्न नेतृत्वलाई आग्रह गरे।

तपाईको प्रतिक्रिया