सोमबार ११ जेठ २०८३
राजनीति

प्रतिनिधिसभामा विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय

आइतबार जेठ १०, २०८३/ Sunday 05-24-26

काठमाडौँ । विपक्षी दलहरूले प्रतिनिधिसभामा जारी विरोध कार्यक्रमलाई अझै निरन्तरता दिने निर्णय गरेका छन् । नेकपा एमाले संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले सदनमा दबाब कायम राख्ने निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई बेवास्ता गरेको आरोप लगाउँदै विपक्षी दलहरू केही दिनयता लगातार सदनमा अवरोध र विरोध जनाउँदै आएका छन् ।

बैठकमा नेपाली कांग्रेस का प्रमुख सचेतक बास्ना थापा, एमालेका ऐन महर, नेकपा का युवराज दुलाल तथा राप्रपा की प्रमुख सचेतक खुश्बु ओली सहभागी थिए ।

बैठकका क्रममा विपक्षी नेताहरूले आफ्ना आवाजलाई बेवास्ता गर्दै संसद सञ्चालन गरिएको भन्दै सरकार पक्षको आलोचना गरेका थिए । साथै, सभामुखको भूमिकामाथि पनि प्रश्न उठाउँदै उनले निष्पक्षता कायम गर्नुपर्ने विषयमा गम्भीर छलफल भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया