सोमबार ११ जेठ २०८३
राजनीति

तरुण दलमा नयाँ नेतृत्व, मनिष कोइराला बने अध्यक्ष

आइतबार जेठ १०, २०८३/ Sunday 05-24-26

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले तरुण दलको अध्यक्षमा मनिष कोइरालालाई नियुक्त गरेका छन् ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिअनुसार कोइरालालाई कांग्रेस आबद्ध भ्रातृ संगठन तरुण दलको नेतृत्वको जिम्मेवारी दिइएको हो ।

२१ वैशाखमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार सभापति थापाले उनलाई अध्यक्ष नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टी विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) अनुसार कार्यकाल समाप्त भएसँगै तरुण दल स्वतः विघटन भएको र त्यसपछि नयाँ नेतृत्व चयन गरिएको जनाइएको छ ।

नवनियुक्त अध्यक्ष कोइरालालाई निर्धारित समयभित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित ९ बुँदे कार्यादेश समेत प्रदान गरिएको पार्टीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया