राजनीति
गृहमा सुधन र विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस : आजै शपथ
मंगलबार जेठ २६, २०८३/ Tuesday 06-09-26
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले गृह मन्त्रालयको जिम्मेवारीका लागि प्रतिनिधिसभा सदस्य सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका लागि प्रतिनिधिसभा सदस्य महावीर पुनको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार दुवै मन्त्रीले आजै दिउँसो पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।
यसअघि सम्पत्ति विवरणसम्बन्धी विवादपछि गृहमन्त्री पदबाट राजीनामा दिएका गुरुङलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिन सिफारिस गरिएको हो। उनीमाथि गठन गरिएको छानबिन समितिको प्रतिवेदन मन्त्रिपरिषद्ले ग्रहण गरेपछि पुनर्नियुक्तिको प्रक्रिया अघि बढाइएको छ।
यता, महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्वका लागि सिफारिस गरिएको छ।
तपाईको प्रतिक्रिया