मंगलबार २६ जेठ २०८३
राजनीति

प्रतिनिधिसभा बैठक बुधबारसम्मलाई स्थगित

मंगलबार जेठ २६, २०८३/ Tuesday 06-09-26

काठमाडौं । विपक्षी दलका सांसदहरूले निरन्तर अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुख डीपी अर्यालले सदन सञ्चालनमा अवरोध कायम रहेकाले बैठक स्थगित गरिएको जानकारी दिएका हुन्।

प्रधानमन्त्री बालेन शाहले नेपालले भारतीय सीमा अतिक्रमण गरेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरूले त्यसप्रति आपत्ति जनाउँदै आएका छन्। उनीहरूले सभामुखले उक्त विषयमा आत्मालोचना गर्दै सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग अघि सारेका छन्।

यसै मागलाई लिएर विपक्षी सांसदहरूले लगातार सदन अवरोध गर्दै आएका कारण प्रतिनिधिसभाको कार्यसूची प्रभावित हुँदै आएको छ।

तपाईको प्रतिक्रिया