काठमाडौं । साताको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य गिरावटसहित बन्द भएको छ। मंगलबार नेप्से १.५४ अंकले घट्दै २ हजार ७३३.५९ विन्दुमा झरेको हो।
आज कुल ३५७ वटा कम्पनीका १ करोड २३ लाख ८२ हजार १७ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार २९१ रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम उल्लेख्य रूपमा बढेको देखिएको छ। सोमबार ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार १९० रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
बजार सामान्य अंकले ओरालो लागे पनि १०५ कम्पनीका सेयरमूल्यमा वृद्धि भएको छ भने १५१ कम्पनीका सेयर घटेका छन्। यस्तै, १५ कम्पनीको सेयरमूल्य स्थिर रह्यो।
कारोबारका क्रममा सोपान हाइड्रोपावर र कालिञ्चोक हाइड्रोपावरका सेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन्। त्यसैगरी, सप्तकोशी विकास बैंकको सेयरमूल्य १०.९८ प्रतिशतले बढ्दा उपकार लघुवित्तको सेयर ८.७० प्रतिशतले उकालो लागेको छ।
तपाईको प्रतिक्रिया