बुधबार २७ जेठ २०८३
राजनीति

नवनियुक्त गृहमन्त्री गुरुङ र विज्ञान प्रविधिमन्त्री पुनले लिए सपथ

मंगलबार जेठ २६, २०८३/ Tuesday 06-09-26

काठमाडौं । प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्रीलाई जिम्मेवारी दिएका छन्। राष्ट्रपतिसमक्ष आयोजित शपथ ग्रहण समारोहमा सुधन गुरुङले गृह मन्त्री तथा महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रिपरिषद्का सदस्यहरू तथा सांसदहरूको उपस्थिति रहेको थियो।

गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गुरुङ यसअघि पनि सोही मन्त्रालयको नेतृत्वमा थिए। सम्पत्ति विवरणसँग सम्बन्धित विवादका कारण उनले पदबाट राजीनामा दिएका थिए। पछि सरकारी छानबिन समितिले उनीमाथि लागेको आरोप पुष्टि नभएको निष्कर्ष निकालेपछि उनी पुनः गृहमन्त्रीमा नियुक्त भएका हुन्।

यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी पाएका महावीर पुन यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा कार्यरत थिए। फागुन २१ मा सम्पन्न निर्वाचनअघि उनले मन्त्री पदबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा सहभागी भएका थिए।

गुरुङ गोरखा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वाचित सांसद हुन् भने पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसदका रूपमा संसद्मा प्रतिनिधित्व गरिरहेका छन्।

तपाईको प्रतिक्रिया