शुक्रबार ६ कार्तिक २०८३
प्रवास

साउदी अरबमा हुथी विद्रोहीको ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

बिहीबार कार्तिक ५, २०८३/ Thursday 10-22-26

काठमाडौं । साउदी अरबको पूर्वी प्रान्तमा रहेको शैबाह तेल क्षेत्रमा हुथी विद्रोहीले गरेको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ। घटनामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन्।

साउदी अरबको ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार आक्रमणमा परी नेपाल र फिलिपिन्सका एक–एक नागरिकको ज्यान गएको हो। घाइते हुनेमा पाकिस्तान र भारतका एक–एक जना नागरिक रहेका छन्।

घटनामा मृत्यु भएका नेपाली नागरिकको नाम, स्थायी ठेगाना र अन्य विवरण भने सार्वजनिक गरिएको छैन।

यस घटनाबारे नेपाली दूतावास तथा नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट समेत विस्तृत आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

 

तपाईको प्रतिक्रिया