शनिबार १२ श्रावण २०८१
बिजनेस

हवाई इन्धन पुनरावलोकन र भाडा समायोजनको तयारी

शुक्रबार असोज ९, २०७७/ Friday 09-25-20

काठमाडौं। संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुसेवा संचालकहरुको माग अनुसार हवाई इन्धन पुनरावलोकनको तयारी गरेको छ। विश्वका धेरै मुलुकमा हवाई इन्धन सस्तो पर्छ। नेपालमा भने सरकारले हवाई सेवालाई विलासिताको साधनका रुपमा लिँदै इन्धनमा ठूलो नाफा राख्ने गरेको छ।

यसले नेपाली कम्पनीहरुको प्रतिस्पर्धी क्षमता कमजोर भएको गुनासो एयरलाइन्सलहरुले गर्दै आएका छन्। उता, इन्धनसँगै भाडा पुनरावलोकन समेत हुने भएको छ।

यी दुई विषयमा ठोस प्रस्ताव गरी एक साता भित्रै मन्त्रालयमा पेश गर्न मन्त्रालयले हवाई महाशाखा र नेपाल नागरिक उड्डयन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ। मन्त्रालयले आन्तरिक उडानमा दोहोरो भाडा समेत हटाउने तयारी गरेको छ।

एयरलाइन्स कम्पनीहरुले विदेशी र नेपाली नागरिकलाई दुई वटा मूल्यमा भाडा लिने गर्छन्।पर्यटनमन्त्री योगेश भट्टराईले एयरलाइन्सको दोहोरो भाडादर हटाउने घोषणा एक वर्ष अगाडि नै गरेका थिए। मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा सुगम भेगबाट ‘डलर फेयर’ हटाउने तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया