शनिबार १२ श्रावण २०८१
बिजनेस

भोलिदेखि श्रम स्वीकृति लिन सकिने

आइतबार असोज १८, २०७७/ Sunday 10-04-20

काठमाण्डौं। वैदेशिक रोजगार कार्यालय ताहाचलले भोलिदेखि श्रम स्वीकृति दिने भएको छ।  कर्मचारीमा कोरोना पुष्टि भएपछि असोज १४ गतेदेखि सेवा प्रवाह बन्द भएकोमा भोलिदेखि सेवा सञ्चालन हुने कार्यालयले जनाएको हो। कर्मचारीमा कोरोना देखिएकाले कार्यालयले अनिश्चितकालका लागि श्रम स्वीकृतिसहित सबै सेवा बन्द गरेको थियो।

तत्कालै गन्तव्य देशमा पुग्न नसके रोजगारी गुम्न सक्ने जस्तो अवस्था भएका सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै पुनः सेवा सञ्चालन गरिएको कार्यालयले जनाएको छ।  

सेवाग्राहीले भौतिक दूरीका साथै स्वास्थ्यसम्बन्धी अरु मापदण्ड पालना गर्न कार्यालयले आग्रह गरेको छ। यस्तै गोलो घेरो लगाएको ठाउँमा उभिएर मात्र सेवा लिन र सेवा लिनुभन्दा पहिले साबुनपानीले हात धुन अनिवार्य गरिएको छ।

तपाईको प्रतिक्रिया