शनिबार १२ श्रावण २०८१
शिक्षा

कक्षा १२ को परीक्षा आजबाट सुरु

मंगलबार मङ्सिर ९, २०७७/ Tuesday 11-24-20

काठमाडौं।  कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ।कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुनु पर्ने कक्षा १२ को यस परीक्षामा देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरु भौतिक उपस्थितिमै उपस्थित गराइ लिन लागेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी गरीएको छ। 

बिहान ८ बजेबाट सुरु परीक्षा साढे एक घण्टाको हुने छ।बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो।थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ। 

सबै परीक्षा केन्द्रहरुमा पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको भन्दै ढुक्क भएर परीक्षा दिन बोर्डले आग्रह गरेको छ। शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले पनि घरमा रहँदा होस् वा परीक्षा केन्द्रमा आउ-जाउ गर्दा होस् कोरोना विरुद्वका मापदण्ड सही ढंगले पालना गर्न परीक्षार्थीहरुलाई आग्रह गरेका छन्।

बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले परीक्षार्थीहरुबीच कम्तीमा दुई मिटर दुरी कायम गरी एउटा कोठामा २० जनासम्म मात्र राखिएको बताए। परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउनु पर्ने छ। उनीहरुलाई ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश दिइने छ। परीक्षा केन्द्रमा सेनिटाइजरको समेत व्यवस्था गरिएको उनले बताए।

परीक्षार्थीहरुले आफ्नै विद्यालयबाट र जो जहाँ छ, त्यहाँको पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने छन्। प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले परीक्षामा सुरक्षाको प्रबन्ध मिलाएको छ। परीक्षा सन्चालनमा स्थानीय तहले सहयोग गरेका छन्। परीक्षाको अनुगमन र निगरानी गर्न बोर्डमा कन्ट्रोल रुमको समेत व्यवस्था गरिएको छ। परीक्षा मंसिर १६ गते सकिने छ।

तपाईको प्रतिक्रिया