शनिबार १२ श्रावण २०८१
जीवनशैली

पछिल्लो २४ घण्टामा थपिए ९ सय ३६ कोरोना संक्रमित, १४ को मृत्यु

संक्रमतिको संख्या २ लाख ५० हजार नाघ्यो
मंगलबार मङ्सिर ३०, २०७७/ Tuesday 12-15-20

काठमाडौँ । नेपालमा कोरोना संक्रमतिको संख्या साढे २ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ ।यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १९ सय ९६ जना डिस्चार्ज भएका छन् ।

नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ८ सय ८१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय ३० पुगेको छ ।

तपाईको प्रतिक्रिया