शनिबार १२ श्रावण २०८१
प्रविधी

टिकटक बनाउनेकाे अत्याधिक भिड बढेसंगै न्युरोड-संकटा सडकका छाता हटाईयाे

आइतबार पौष १९, २०७७/ Sunday 01-03-21

काठमाडौं ।  छोटो समयमा भाइरल भएको न्युरोड-संकटा सडक माथि राखिएको छाता हटाउन सुरू गरिएको छ।

कोरोना महामारीपछि सुस्ताएको बजार चलायमान बनाउने भन्दै स्थानीय ब्यापारी र संकटा क्लबले सडकमाथि रंगीचंगी छाता राखेर आकर्षण थपेको थियो।

‘समाजिक संजालमा भाइरल भएको सडकमा दैनिक १५ हजार मान्छे घुम्न आउने गरेको संकटा क्लबले जानकारी दिएको छ।

मुख्य ब्यापारिक केन्द्र न्युरोडमा पछिल्लो दुई सातायता ट्राफिक ब्यवस्थापन, सवारी आवागमनमासमेत समस्या परेकोले छाता हटाईएकाे क्लबले जनाएकाे छ । 

तपाईको प्रतिक्रिया