शनिबार १२ श्रावण २०८१
बिजनेस

चन्द्रागिरीको आईपिओ बिक्री सर्वसाधारणका लागी खुला, एकैदिन ३.४३ गुणा बढी आवेदन

शनिबार पौष २५, २०७७/ Saturday 01-09-21

काठमाडौं। चन्द्रागिरी हिल्सको आइपीओमा ४७ लाख ९६ हजार ७ सय कित्ताको लागि आवेदन परेको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार दिउसो ३:३० बजेसम्म २ लाख ३१ हजार ८ सय ९२ जना लगानीकर्ताले ४७ करोड ९६ लाख ७० हजार रुपैयाँ बराबरको आवेदन दिएका छन्। यो सर्वसाधारणले आवेदन दिन पाउने १३ लाख ९६ हजार २२ कित्ताको ३.४३ गुणा धेरै आवेदन हो। 

चन्द्रागिरी हिल्सले शुक्रबार (पुस २४ गते) बाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले १ सय रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको हो। यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ।

बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। चन्द्रागिरीको आइपीओमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ। यस आइपीओमा लगानीकर्ताले पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९ सय ६० कित्तासम्म आवेदन दिन पाउनेछन्।

यसमा नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन पाइनेछ। यसअघि चन्द्रागिरीले मंसिर १७ देखि पुस १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आइपीओ बिक्री गरेको थियो।

कम्पनीले काठमाडौंको चन्द्रागिरी थानकोटमा केबुलकार सञ्चालन गरिरहेको छ।

तपाईको प्रतिक्रिया