शनिबार १२ श्रावण २०८१
ब्लग

यस वर्षको पृथ्वी जयन्तीमा जे देखियो!

मंगलबार पौष २८, २०७७/ Tuesday 01-12-21

गोरखाका राजा पृथ्वीनारायण शाहले चाहे गोरखा राज्य बिस्तार गरेका हुन् चाहे नेपाल एकीकरण गरेका हुन् जे गरेपनि उनले हामीलाई एउटा ठुलो मुलुक दिएको कुरा नस्विकार्ने संभवत कोही पनि छैन। 

२००७ सालको प्रजातन्त्रपछि योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्वीरायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रकृया शुरू गरेका थिए। २००९ सालदेखि योगी नरहरिनाथले तत्कालिन सरकारसंग समन्वय गरेर एउटा समारोह समिति गठन गरी आफै त्यो समितिमा बसेर राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको रूपमा मनाउन प्रारम्भ गरेका हुन।

नेपालमा २०६२/०६३ को जनआन्दोलनपछि राष्ट्रिय एकता दिवसको दिनमा दिइँदै आइएको सार्वजनिक विदा कटौती गरियो। राष्ट्रिय एकता दिवस पनि मनाउन छोडियो। तर २०७१ सालमा नेपाल सरकारकै तर्फबाट राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्झनामा राष्ट्रिय एकता दिवस मनाउँन पुनः सुरु गरियो। त्यसयता सरकारले औपचारिक रुपमै पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवश मनाउँदै आएको छ भने जनस्तरबाट पनि पृथ्वी जयन्ती मनाउनुका साथै विज्ञहरु यसको महिमा अझैं पर्गेल्न थालेका छन्। 

तर यो वर्ष २९९ औं पृथ्वी जयन्तीमा हिंजो सिंहदरबार अगाडी जे देखियो त्यसको विस्तृतमा लेख्न गइरहेको छु। म करिव बिहान १०:१५ बजे सिंहदरबारको मुख्य द्वार अगाडी अवस्थित पृथ्वीनारायण शाहको शालिक भएको ठाउँमा पुगिसकेको थिए। त्यो समयमा ४/५ जना पत्रकार र ४०/५० जना मानिसहरु मात्र थिए। पृथ्वीको शालिकको तल एउटा तस्विर राखेर सामान्य तरिकाले माला लगाइएको थियो।

मैले पत्रकार मित्रहरु र केही प्रहरीलाई सोधें! आज कार्यक्रम यही होईन र? उनिहरुको जवाफ केवल हो,पछि सिंहदरबार चोकको चारै तिर खटिएका प्रहरी र सशस्त्र प्रहरीको जत्थालाई नियाले। मलाई एक किसिमले आश्चर्य लाग्यो किन यति धेरै प्रहरी खटाएको होला? पृथ्वी जयन्ती मनाउन भनि त्यो बेला सम्म पुगेका केही समुह र व्ययाक्तिलाई प्रहरी र ट्राफीक प्रहरीले सामान्य अबरोध गरिरहेको थियो। अबरोधका बावजुत सडक पार गरि पृथ्वीको शालिक सम्म पुग्ने मानिसको समुहले गर्दा अबरुद्व सवारी व्यवस्थापनमै बढी ध्यान थियो ट्राफीक प्रहरीको। मानौ प्रहरीको खटन र उनिहरुले सर्वसाधारणलाई गरेको व्यवहार देख्दा यो वर्ष पृथ्वी जयन्ती मनाउन नदिनु भन्ने सरकारको आदेश थियो भन्ने कुरा पुष्टि हुन्छ।

करिब १२:३० बजेको समयमा एउटा ठुलो समुह सयौं मोटरसाईकल र्यालीसहित जमल रत्नपार्क हुँदै अगाडी बढेको प्रहरीको संचार सेटमा खबर आउन साथ भद्रकाली मन्दिरको पुर्वतर्फको सानो बाटीकासंगैको क्षेत्रमा सयौं प्रहरी दुई-तिन लाईनमा सिंहदरबार तर्फ जाने मुख्य सडक छेकेर बार बनेर उभ्भिए र पुरै फलामका रेलिंग प्रयोग गरि त्यो समुहलाई त्यही रोकीयो। आक्रोसित युबाहरुको केही भिड प्रहरीको त्यो अबरोध तोड्दै अगाडी बढेपछी एकछिन निकै तनाबग्रस्त बन्यो त्यो सडक, प्रहरीले डन्डा प्राहार गर्न थाले। मानिसहरुलाई लछारपछार गरियो, जुन भिडियो र फोटो मैले खिचेको छु। 

त्यसरी जबरजस्ती अगाडी बढेको युबाहरुको समुहले प्रहरी दमन मुर्दाबाद भन्दै पृथ्वीको शालिक सम्म पुगे तर त्यहाँ २/३ मिनेटपनि रोक्न दिइएन पुन: त्यो समुह फर्कीएर त्यही सडकमा अनेकौ नाराबाजी गर्न थाले। प्रहरी पनि एकदमै आक्रोसित भएको थियो। महिला, पुरुष हरेकलाई अलि तुच्छ तरिकाले धरपकड गर्ने, थर्काउने गर्न थाले। मैले त्यहाँ केही पूर्व विशिष्ट ब्याक्तिहरुलाई देखेको थिए। जस्तै: सेना/प्रहरीका पूर्व अधिकारीहरु तथा पूर्व प्रधानसेनापति, आईजिपी, सचिब, राजदुतहरु, लेखकहरु, राजनितिज्ञ र केही पूर्व मन्त्री तथा सांसदहरुसमेतलाई प्रहरीले धरपकड गरिरहेको थियो। 

बिपी काँग्रेस पार्टीले आफ्नो पार्टीको झण्डा बोकी पृथ्वी जयन्ती मनाउन पुगेको थियो। तिनिहरुलाई पार्टीको झण्डा नदेखाई सामान्य तरिकाले गएर फुलमाला चढाई पृथ्वी जयन्ती मनाउन भन्दै प्रहरीले अबरोध खडा गरेको पनि देखियो। सामान्य भाषामा भन्नु पर्दा पृथ्वी जयन्ती मनाउन आएका विभिन्न संघ-संस्था, ब्याक्ति र समुहलाई राम्रो व्यवस्थापन गरि पृथ्वी जयन्ती मनाउन दिएको देखिएन। यसको अर्थ कि प्रहरी सुरक्षा व्यवस्थापनमा चुकेको हो या त सरकारले पृथ्वी जयन्ती मनाउन नदिनु भन्ने ठाडो आदेश दिएको हो यि दुई कारण मध्य एउटा पक्कै हो। 

यसरी दिनभरजसो तनाबग्रष्त बनेको सिंहदरबारको मुख्य गेट देखि भद्रकाली पूर्बको सडक पुरै बन्द भयो। नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबाले सार्बजनिक रुपमै राजाबादीहरुको आन्दोलन चर्कीरहेका बेला पृथ्वी जयन्ती मनाउन वा पृथ्वीनारायण शाहको शालिकमा माला लगाउन सकिदैन भनेको सुन्दा गणतन्त्र कति कम्जोर रहेछ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ। सरकारको चेतावनी पनि यहि हो। धेरैको अनुमान प्रहरी व्यवस्थापनमा चुकेको भन्ने थियो। तर त्यो होईन। सरकारबाटै पृथ्वी जयन्ती मनाउन रोक लगाएकोले प्रहरी पनि पृथ्वीजयन्ती मनाउन आएका संघ-संस्था तथा ब्याक्ति र समुहलाई राम्रोसंग व्यवस्थापन गर्नतिर भन्दा दमन गर्न तिर अग्रसर भएको देखिन्छ। 

अहिले देशमा राजनैतिक अस्थिरताले चरम बिन्दु पार गरेको अवस्था छ। सबैजसो राजनैतिक दलहरु ओली सरकारले गरेको संसद विघटनको बिरुद्वमा सडकमा छन्। बिगत केही महिना देखि राजसंस्था पुनरस्थापना र हिन्दु राज्यको माग गर्दै राजाबादी समुह र संगठनहरुले उपत्यका लगायत देशैभरका विभिन्न शहरहरुमा प्रदर्शन गरिरहेका छन्। यसकारण पनि ओली सरकारलाई ठुलो डर भएको हुनु पर्छ। झण्डै यसै वर्षदेखि नेपाली सेनाले पनि सैनिक मुख्यालय भित्रै पृथ्वी जयन्ती मनायो।

यता सार्वजनिक रुपमा कोभिड महामारी फैलन सक्ने कारण देखाएपनि, वास्तविकता त्यो होईन। विभिन्न पार्टीका नेता कार्यकर्ता यसअघि दैनिकजसो सडक अबरुद्व गर्दै जुलुस नारा गर्दा कोभिड संक्रमण नबढ्ने? पृथ्वी जयन्ती मनाउदा भिडभाड हुने र कोभिड संक्रमण बढ्ने भन्ने, यो बेतुकको तर्क सिबाय अरु केही पनि होईन। म एउटा स्वतन्त्र नागरिकको हैसियतले यो भन्छु। हिजो पौष २७ गते धन्न आक्रोसित जनताहरुले ठुलो बिपत निम्त्याएनन्। सरकार र प्रहरी दमन पस्चात पनि  सभ्य र शालिन भइ पृथ्वी जयन्ती मनाए। केही असन्तुष्ट समुहले यसको ब्यापक बिरोध र भर्त्सना भने गरेका छन्। 

स्मरण रहोस् गणतन्त्र सरकारले शाहवंशीय राजसंस्थाका हरेक कुरालाई जति ईग्नोर गरेको छ त्यसको विपरित नेपाली जनतामा राजा र राजसंस्थाप्रति विश्वास र प्रेम भावको बढोत्तरी भएको छ। साथै यो परिवर्तनले जनताको विश्वास् गुमाउदै गएको पनि छ। पछिल्लो समय भइरहेका राजाबादी आन्दोलन प्रति यो सरकारले खुट्टा कमाएको प्रतित हुन्छ। पृथ्वी जयन्ती पनि २००९ साल बाट मनाउन सुरु गरिएको थियो। केवल एक दिन बिदा हुन्थ्यो सकिन्थ्यो। यसको महिमा र उत्सुक्ता जनतामा पछिल्लो समयमा झन धेरै जाग्दै आउनुमा गणतन्त्रका नायकहरुको ठुलो हात छ। पौष २७ गते बिदा कटौति गरियो, यसरि नै पृथ्वी जयन्ती मनाउन नदिने वा दमन गरिदै गइयो भने गणतन्त्र खतरामा पर्ने निस्चित छ। 

फायल तस्विर:

तपाईको प्रतिक्रिया