शनिबार १२ श्रावण २०८१
जीवनशैली

देशभर पछिल्लो २४ घण्टामा ४ सय ३ जना कोरोना संक्रमित

बिहीबार माघ १, २०७७/ Thursday 01-14-21

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४ सय ३ जनामा कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३२ जनामा गरिएको परीक्षणमा २ सय ४२ जना पुरुष र १ सय ६१ जना महिला गरी ४ सय ३ जनामा संक्रमण पुष्टि भएको हो। 

तीमध्ये २ ४६ जना काठमाडौं उपत्यकाका रहेका छन्। उपत्यकामध्य काठमाडौं जिल्लामा २ सय २०, ललितपुरमा २३ र भक्तपुरमा ३ जना रहेका छन्। उपत्यकाबाहिर बाँके र कास्कीमा ३२/३२ जना र नुवाकोटमा ११ जना भेटिएका छन्। संक्रमित भेटिएका अन्य जिल्लामा भने १० जना भन्दा कम छन्।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको छ। तीमध्ये २ लाख ६० हजार १ सय ७७ जना संक्रमणमुक्त भएका छन् भने १ हजार ९ सय ४३ जनाको मृत्यु भएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय २६ रहेको छ। तीमध्ये १ हजार १ सय २४ जना संस्थागत आइसोलेसनमा, १ सय ५२ जना आईसीयूमा र ३३ जना भेन्टिलेटरमा उपचाररत छन्।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या ४ सय ५ रहेको छ भने कोरोना भाइरस संक्रमणका कारण ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया