शनिबार १२ श्रावण २०८१
बिजनेस

आईपीओ भनेको के हो? यस्ता छन् जान्नै पर्ने कुराहरु

शनिबार माघ ३, २०७७/ Saturday 01-16-21

आईपीओ भनेको के हो? आईपीओ (इनिसियल पब्लिक अफरिङ्ग) भनेको एक प्रकारको सेयर हो। कुनै पनि कम्पनिको ईतिहासमा एकपटक मात्र यो प्रकारको सेयर बिक्रीबितरण गरिन्छ। 

आईपीओ सेयर कसरी भर्ने? 

कम्पनिको आईपीओ सेयर भर्न सबै भन्दा पहिला डिम्याट खाता संचालन गरेको हुनु पर्दछ। यदि तपाँईसंग डिम्याट खाता छैन भने आफ्नो बैंक खाता रहेको कुनै पनि शाखामा गएर डिम्याट खाता खोल्न सकिन्छ। 

डिम्याट खाता संचालनमा आईसके पछि कुनै पनि कम्पनिको सेयर सजिलैसंग भर्न सकिन्छ। घरमै बसेर गुगलबाट “मेरो सेयर” भन्ने वेबसाईटमा गएर त्यहाँ दिएको बिवरण भरेर पनि आईपीओ सेयर भर्न सकिन्छ। अन्यथा डिम्याट खाता संचालन गरेको बैंकमा गएर पनि सेयर भर्न सकिन्छ। 

साधारणतया आईपीओ १ सय रुपैयाँ बराबर एक कित्ता मानिएको हुन्छ। आफुले सेयर भर्न लागेको कम्पनिले जम्मा कति कित्ता सेयर बिक्रीमा राखेको छ त्यो बुझ्ने, त्यसै अनुरुप आफुले चाहेको र आफुसंग रहेको आर्थिकभार अनुरुप सेयर भर्नु पर्दछ। 

सामान्यतया आईपीओमा बढीमा १ सय कित्ता (१० हजार रुपैयाँ) र कम्तिमा १० कित्ता (१ हजार रुपैयाँ) सम्म भर्दा राम्रो हुन्छ। हुन त कम्पनिले आईपीओ बितरणमा राख्दा सबै भन्दा बढी कति कित्तासम्म र सबै भन्दा कम कति कित्तासम्म भर्न पाउने भन्ने त्यो सबै स्पष्ट खुलाइएको हुन्छ। 

आईपीओ कुनै पनि प्राईभेट लिमिटेड कम्पनिहरुलाई जनताको लगानि रहोस् र आमसर्वसाधारण नागरिकहरुको सम्पत्ति बनोस् भन्ने हेतुले सकभर भरेका सबैलाई न्युनतम कित्तासम्म भएपनि दिने गर्दछ। कहिले काही बिक्री कित्ता भन्दा दोब्बर या तेब्बरले आईपीओ फारम भरेका छन् भने गोला प्रथाद्वारा सेयर बितरण गर्ने गर्दछन्। 

अहिलेको सन्दर्भमा सेयरमा लगानि गर्न धेरै भन्दा धेरै सर्वसाधारण उत्साहित भएको देखिन्छ। सेयर लगानी भनेको मानिसहरुको सामाजिक प्रतिष्ठा नै बनिसकेको छ। त्यसैले सबै कुरा राम्रो संग बुझेर सेयरमा लगानी गरौं।

तपाईको प्रतिक्रिया