शनिबार १२ श्रावण २०८१
मनोरन्जन

बिग बसकी ट्यालेन्ट म्यानेजरको सडक दुर्घटनामा मृत्यु

आइतबार माघ ४, २०७७/ Sunday 01-17-21

काठमाडौं। भारतीय टेलिभिजन रियालिटी शो बिग बोसको सेटकै अगाडि भएको दुर्घटनामा बिग बोसकी ट्यालेन्ट म्यानेजर पिस्ता धाकडको मृत्यु भएको छ ।

शुक्रबार राती सलमान खानसँग विकेण्ड का वार सुटिङ सकेर स्कुटरमा घर जान लाग्दा पिस्ता दुर्घटनामा परेकी हुन् । अँध्यारोका कारण पिस्ता सवार स्कुटर चिप्लिएको थियो ।

सडकमा भएको खाल्डोमा परेर स्कुटर ढलेपछि स्कुटरबाट लडेकी पिस्ता सडकमा थिइन् । त्यही बेला त्यहाँ एउटा भ्यानिटी भ्यान आउँदै थियो जसले पिस्तालाई किचेर अगाडि बढ्यो ।

चर्चित प्रोडक्सन हाउस एण्डेमोल इण्डियाकी कर्मचारी पिस्ताले द भ्वाइस, बिग बोस, खतरों के खिलाडी जस्ता चर्चित रियालिटी शोमा काम गरेकी थिइन् । उनको अचानक मृत्युले बलिउड शोकमा छ ।

तपाईको प्रतिक्रिया