शनिबार १२ श्रावण २०८१
मनोरन्जन

जनवरी २४ मा विवाह बन्धनमा बाधिँदै वरुण धवन

मंगलबार माघ ६, २०७७/ Tuesday 01-19-21

काठमाडौं । पछिल्लो समय बलिउड अभिनेता वरुण धवनको विवाहको निकै चर्चा छ । 

भारतिय मिडियाका अनुसार वरुणले जनवरी २४ तारिख मा प्रेमिका नताशा दलालसँग विवाह गर्ने भएका हुन् । उनीहरुको विवाहको कार्यक्रम २६ जनवरीसम्म चल्ने बताइएको छ । 

लामो समयदेखि प्रेमसम्बन्धमा रहेकी नताशासँग उनले विवाह गर्दैछन् ।  पाँच दिन लामो विवाह अलीबागको एक पाँचतारे होटलमाट हुने बताइएको छ । 

विवाह कार्यक्रममा ४० देखि ५० जनाको  मात्रै उपस्थिति रहने बताइएको छ। विवाहपछि उनीहरुले मुम्बईमा सेलिब्रेट्रीको लागि रिसेप्सन पार्टी  पनि राखेको बताइएको छ । 

 

तपाईको प्रतिक्रिया