शनिबार १२ श्रावण २०८१
बिजनेस

चन्द्रागिरीले निष्काशन गरेको आईपिओ शुक्रबार बाँडफाँड हुने

बिहीबार माघ ८, २०७७/ Thursday 01-21-21

काठमाडौं। चन्द्रागिरी हिल्स लिमिटेडले निष्काशन गरेको आईपिओ शुक्रबार बाँडफाँड हुने भएको छ। बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार आईपिओ बाँडफाँड गर्ने जनाएको छ। क्यापिटलले बुधबार प्रि अलोटमेन्ट सकेर शुक्रबार आईपिओ बाँडफाँड गर्न लागेको हो।

कम्पनीको आईपिओमा माग भन्दा १७ गुणा बढीको आवेदन परेको छ। जसमा १२ लाख ५१ हजार १० जना आवेदकबाट २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको हो। यो माग भन्दा १७.५३ गुणा बढी हो। यद्यपि कुल आवेदक मध्ये १२ लाख ११ हजार १ सय १५ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ।

कम्पनीले पुष २४ गतेदेखि सर्वसाधारणको लागि साधारण सेयर आइपीओ बिक्रि खुला गरेको हो। कम्पनीले  एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको हो।

यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता आइपीओ कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो भने सर्वसाधारणको लागि १३ लाख ९६ हजार २२ कित्ता आइपीओ छुट्याइएको थियो। यो आईपिओ १ लाख ३९ हजार ६ सय २२ जनाले मात्र  १० कित्ताको दरले पाउने छन्। यस हिसाबमा करिब ११ लाख बढी आवेदक हात खाली हुने देखिन्छ। यद्यपि यो आवेदन भेरिफाई नहुदैको डाटा भएकोले यो संख्या केहि तलमाथि हुन सक्ने छ।

कम्पनीले मङ्सिर १७ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि आईपिओ बिक्रि खुला गरेको थियो। कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित दरले ३ लाख ६ हजार ८ सय १९ कित्ता शेयर निष्काशन गरेको थियो। यस कम्पनीले स्थानीय र सर्बसाधारणको लागि गरि १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको थियो। सर्वसाधारणलाई पनि आईपीओ वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड पुग्नेछ। 

कम्पनीले काठमाडौं उपत्यकाको चन्द्रागिरीमा केवलकार संचालन गरिरहेको छ। 

तपाईको प्रतिक्रिया