शनिबार १२ श्रावण २०८१
बिजनेस

चन्द्रागिरीको आइपीओ बाँडफाँट, १ लाख ३९ हजार ६ सय २ जनाले १० कित्ताका दरले सेयर हात पारे

शुक्रबार माघ ९, २०७७/ Friday 01-22-21

काठमाडौं। चन्द्रागिरी हिल्स कम्पनीको आइपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा बिहान १० बजे गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको हो। जसमा १ लाख ३९ हजार ६ सय २ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन्। त्यस्तै, बाँकी रहेको २ कित्ता सेयर भाग्यमानी दुई आवेदकको हातमा परेको छ।

यसमा १२ लाख १६ हजार ९ सय ५३ जनाले आवेदन दिएकामा ५ हजार ८ सय ३८ जना आवेदकको आवेदन रद्ध भएको छ। १२ लाख ११ हजार १ सय १५ जना आवेदनकर्ता भने आइपीओ हात पार्न बाट बञ्चित भएका छन्।

चन्द्रागिरी हिल्सले पुस २४ गतेबाट २८ गतेसम्म  सर्वसाधारणका लागि १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको थियो। यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको थियो। 

बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यबस्था थियो। यसअघि चन्द्रागिरीले मंसिर १७ देखि पुस १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आइपीओ बिक्री गरेको थियो। कम्पनीले चन्द्रागिरी थानकोटमा केबुलकार सञ्चालन गरिरहेको छ। 

तपाईको प्रतिक्रिया